तपाईँ सुन्दै हुनुहुन्छः

नौबिसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज

काठमाडौं । प्रायः सवारी जाम भइरहने राजधानी भित्रिने मुख्य नाका नागढुंगामा अब सुरुङ मार्ग निर्माण गरिने भएको छ ।  नागढुंगादेखि सिस्नेखोलासम्म सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

सुरुङमार्ग प्रधानमन्त्री केपी ओलीबाट आज दिउँसो शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री चन्द्रागिरी नगरपालिकाकाे वडा नम्बर १ स्थित टोटेपाखा पुगेर सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहनेछ  ।

जापान–नेपाल सहयोग नियोग (जाइका)को सहुलियत ऋणमा करिब २२ अर्ब रुपेयाँ लगानीमा सुरुङमार्ग  निर्माण गर्न लागिएको हाे । सुरुङमार्ग बनाउन जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्नेछ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्ने छ । सुरूङमार्ग ५ दशमलव ५६ किलाेमिटर हुनेछ । सुरुङमार्ग निर्माण भएपछि नागढुंगा खण्डमा सवारी आवागमन सहज हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button