तपाईँ सुन्दै हुनुहुन्छः

लुकाइछिपाइ राखिएको पटाका बरामद

सप्तरी। सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको प टाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट प टकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

बेवारिसे अवस्थामा लुकाइएको प टाकाहरु विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले जाँच गर्दा विभिन्न ब्राण्डका पाँच बोरा अन्दाजी रु एक लाख ५० हजार बराबरको पटाकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो । बरामद गरिएको उक्त परिणामका पटाकालाई जिल्ला प्रहरी कार्यालयमा आजै नष्ट गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button