तपाईँ सुन्दै हुनुहुन्छः

हिउँमा चिप्लिएर एक स्पेनिस नागरिकको मृत्यु

दोलखा – दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ ना गाँउमाथि रहेको छुकिमा गो हिमाल आरोहण गरी फर्कने क्रममा हिउँमा चिप्लिएर एक स्पेनिस नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

छ हजार दुईसय ५८ मिटर उचाईको छुकिमा गो हिमाल आरोहण गरी फर्कने क्रममा शनिवार हिउँमा चिप्लिएर पासर्पोट नम्बर पिएजे ८३९४३५ का ४४ बर्षिय लुईस फिलिप भलभर्ड गुजम्यानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनुभयो । सो क्रममा पासर्पो नम्बर एएई ३४५३५० का डेभिड सुले फर्नान्डेज घाईते भएको र उनलाई आईतवार सिम्रीक एयरको हेलिकप्टरबाट उद्दार गरी काठमाडौँको टिचिङ अस्पताल पठाईएको प्रहरी निरीक्षक बोहोराले बताउनुभयो । फर्नान्डेजलाई बीचमा अड्कीएको अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ ।

मृतक गुजम्यानको शव पनि पोष्मार्टमको लागि काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।  दुई स्पेनिस नागरिक दुई जना नेपाली गाईड सहित अन्नपूर्ण टेक्स एण्ड एक्सपीडिसन प्रालि मार्फत २०७६ असोज १२ गते काठमाडौँबाट आरोहणको लागि गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button