तपाईँ सुन्दै हुनुहुन्छः

कालाभैरव ट्रायल रेसको उपाधी पुरुषतर्फ साउद र महिलातर्फ बुढामगरलाई

तनहुँ । कालाभैरव ट्रायल रेसको उपाधी पुरुषतर्फ डोटीका ३० बर्षिय नविन साउद र महिलातर्फबाट प्यूठानकी १९ बर्षिय हुमी बुढामगरले जित्नुभएको छ ।
साउदले ४५ मिनेट ३० सेकेन्डमा र बुढामगरले एक घण्टा १८ मिनेट ५५ सेकन्डमा निर्धा्रित दुरी पार गर्दै उपाधी हात पार्नुभएको हो । प्रथम दुवैले जनही नगद २० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनुभयो ।

४८ मिनेट ३५ सकेन्डमा १२ किलोमिटर दुरी पार गरेका बाग्लुङका २५ बर्षिय चन्द्र घर्ती दोस्रो हुनुभयो । एक घण्टा २१ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्नुभएको खोटाङकी १९ बर्षिय प्रिया राईले महिलातर्फको द्धितिय स्थान हासिल गर्नुभयो ।

पुरुषतर्फ काठमाडौंका २३ बर्षिय शिवबहादुर रायामाझी ४८ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै तृतिय हुनुभयो । एक घण्टा २३ मिनेट ५ सेकेन्डमा दुरी पार गर्नुभएकी मकवानपुरकी १९ बर्षिय जुनेली सुनार महिलातर्फ तृतिय बन्न सफल हुनुभयो ।

द्धित्तिय र तृतिय स्थान प्राप्त गरेका धावकहरुले क्रमशः नगद १५ हजार, १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनुभयो । विजेता धावकलाई गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले पुरस्कृत गर्नुभएको थियो ।

कालाभैरम निर्माण समितिद्धारा आयोजित दोस्रो संस्करणको ट्रायल रेसमा तनहुँ, कास्की, लमजुङ, गोरखा, बाग्लुङ, काठमाडौं, प्यूठान, मकवानपुर, डोटी, खोटाङ लगायतका जिल्लाका २ सय २४ जना धावक सहभागी थिए । म्याग्दे गाउँपालिका–३ धयेरेबाट सुरु भएको प्रतियोगिता किलचोक, हटिया, झिरुवास, मुलाबारी हुदैँ कालाभैरम मन्दिर पुगेर टुगिंएको हो ।

म्याग्दे गाउँपालिका – ५ मा अवस्थित कालाभैरम मन्दिरको पर्यटन प्रर्बद्धन र मुलावारीको सुन्तला बजारीकरण गर्ने उद्देश्यले रेस आयोजना गरेको संयोजक निर्माण समिति अध्यक्ष बसन्त आलेले बताउनुभयो । ‘कालाभैरम र मुलावारीमा पर्यटनको सम्भावना भएर पनि ओझेलमा छ’, उहाँले भन्नुभयो, ‘खेलकुदको माध्यमले पर्यटक भित्र्याउने लक्ष्य हो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button