तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी म्यानमारबाट जापानका लागि बैंकक प्रस्थान

म्यानमार – राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको राजकीय भ्रमण पूरा गरी आज म्यानमारबाट जापानका लागि बैंकक प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक जान लाग्नु भएको हो । उहा  आज बिहान ९:०० बजे  बैंकक प्रस्थान गर्ने भनिए पनि उडानका लागि केही ढिलो भएकाले भखरै मात्र त्यसतर्फ प्रस्थान गर्दै  हुनुहुन्छ ।

बैकक जाने क्रममा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई म्यानमारका धार्मिक सम्बन्ध तथा संस्कृति मन्त्री थुरा उ अङ्को, याङुन राज्यका मुख्यमन्त्री उ फ्यो मीन थिन र म्यानमार्का लागि नेपाली राज्दुत भिम उदास र दूतावासका अधिकारीहरुले बिदाई गर्नुभयो ।

राष्ट्रपति भण्डारीसहितको प्रतिनिधिमण्डल राती जापान पुग्नेछन् । जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button