तपाईँ सुन्दै हुनुहुन्छः

इंग्ल्याण्डको विश्वकै सबैभन्दा पुरानो क्लब एमसीसी नेपाल आउँदै

काठमाडौं। विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टिम नेपाल आउने भएको छ ।

इंग्ल्यान्डको यो क्लब नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टिमसँग सिरिज खेल्न नेपाल आउन लागेको हो । एमसीसीको टिम कात्तिक १६ गते नेपाल आईपुग्ने जनाइएको छ ।

कात्तिक २६ सम्म नेपालमा रहने एमसीसीको टिमले नेपालको राष्ट्रिय टिम र यू–१९ टिमसँग सिरिज खेल्ने राष्ट्रिय टिमका म्यानेजर रमन सिवाकोटीले जानकारी गराए ।

एमसीसीको टिमले यू–१९ टिमसँग टी–ट्वान्टी खेल्नेछ । यस्तै सिनियर टिमसँग एक दिवसीय र तीन दिवसीय खेल खेल्नेछ । त्यस्तै एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी–ट्वान्टी खेल खेल्नेछ ।

त्यसपछि एमसीसीको टिमले पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button