२०७८ साल माघ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

म्यानमारको राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी बैंकक हुँदै जापान प्रस्थान गर्दै

प्रमोद दाहाल,विशेष प्रतिनिधि २०७६ कार्तिक ३ गते ९:३६

म्यानमार – राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको राजकीय भ्रमण पूरा गरी आज जापान प्रस्थान गर्दै हुनुहुन्छ  । उहाँ थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै जापान प्रस्थान गर्न लाग्नु  भएको हो ।

बैकक जाने क्रममा यांगुन अन्तरास्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई म्यानमारका धार्मिक सम्बन्ध तथा संस्कृति मन्त्री थुरा उ अङ्को, याङुन राज्यका मुख्यमन्त्री उ फ्यो मीन थिन र म्यानमार्का लागि नेपाली राज्दुत भिम उदास र दूतावासका अधिकारीहरुले बिदाई गर्नुभयो ।

राष्ट्रपति भण्डारीसहितको प्रतिनिधिमण्डल राती जापान पुग्नेछन् । जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित