तपाईँ सुन्दै हुनुहुन्छः

‘समाजवाद उन्मुख समाजका लागि रुपान्तरण आवश्यक’

काठमाडौँ –  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजवाद उन्मुख समाज निर्माणका लागि सामाजिक र आर्थिक रुपान्तरण आवश्यक भएको बताउनुभएको छ ।

नेकपा काभ्रे जिल्ला कमिटीले आज बनेपामा आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले जनताको मन जितेर जनताको विश्वास फेरि फेरि जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले विपक्षले यो वा त्यो विभिन्न बहानामा सरकारको आलोचना गरी जनतामा भ्रम श्रृजना गर्ने काम गरिरहेकाले त्यस्ता भ्रमलाई चिर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्नेतर्फ जिल्लादेखि केन्द्रसम्म सबै लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button