तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण सुरु

दैलेख । दैलेखमा रहेको पेट्रोलिय पदार्थ उत्खनन्का लागि चिनियाँ टोलि दैलेख आई पुगेको छ । यहाँका शिरिस्थान, नाभिस्थान लगाएतका क्षेत्रमा रहेको पेट्रोलिय पदार्थको दोस्रो चरणको अन्वेषण तथा अनुसन्धानका लागी चिनियाँ टोलि दैलेख आई पुगेको हो ।
चीन सरकारको चाईना जियोलोजिकल सर्भे र नेपालको खानी तथा भुर्गभ विभागवीच पेट्रोलियम पदार्थको अन्वेषण गर्न २ अर्व ४० करोडको सम्झौता भए वमोजिम पहिलो चरणको अन्वेषण गरेर फर्केको चिनियाँ टोलि पुनः दैलेख आई पुगेको हो ।

चिनियाँ टोलि दैलेख पुगेर पनि दोस्रो चरणको काम सुरु  गरिसकेको खानी तथा भुर्गभ विभागका भुर्गभविद् सुनिता भट्टराईले वताउनु भयो । उहाँले भुर्गभ विभागको टिम सहित ४ जनाको चिनियाँ प्राविधिक टोलि दैलेख आएको वताउनु भयो । वाँकी चिनियाँ टोलि आवश्यक मात्रामा दैलेख आउने जाने भैरहने वताईएको छ ।

गत असारमा आएको विशेषज्ञ टोली करिब १५ दिन अनुसन्धान गरेर फर्किएको थियो । उक्त समय दैलेखका विभिन्न भूभागको स्थलगत अध्ययन समेत गरिएको थियो । त्यतिवेलाको अन्वेषण पश्चात दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि गर्दै आवश्यक पर्ने मेसिन तथा औजारको व्यवस्था गर्नका लागी टोलि फर्किएको खानी तथा भुर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटाले वताउनु भयो ।

भुर्गभविद् भट्टराईका अनुसार यस पटक चिनियाँ टोलिले पेट्रोलियम पदार्थको सम्भावना रहेको क्षेत्रमा जियोलोजिकल म्यापिङ गर्ने, म्यानेटो टेलुरिक र सिसेमिक सवै क्षेत्रको सवै क्षेत्रको समेट्ने गरी प्रोफाईल वनाउने छ । टोलिले पेट्रोलियम पदार्थ भएको सम्भावित क्षेत्रको एक्सरे र एमआर गरी परिणाम पत्ता लगाउनका लागि ड्रिलिङ गरेर मात्रा पुष्टि गर्ने भुर्गभविद् भट्टराईले वताउनुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गृह मन्त्रालयको परिपत्र अनुसार १ सय ९७ जनाको चिनियाँ प्राविधिक टोलि दैलेख आउने र त्यसमा नेपालको खानी तथा भुर्गभ विभागको टिम गरेर केहि संख्या थप हुने वताउनु भयो । प्रमुख जिल्ला अधिकारी कट्टेलले चिनियाँ प्राविधिक टोलिको सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाई सकिएको वताउनु भयो । चिनियाँ टोलि दैलेख पुगे लगत्तै जिल्ला सुरक्षा समितिको वैठक वसेर आवश्यक पर्ने सवै तयारी पुरा गरेको वताउनु भयो ।
सरकारले दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्का लागी विशेष चासो दिएको भन्दै सरकारलाई धन्यवाद दिदै दैलेखका व्यवसायीह?ले अन्वेषण तथा उत्खनन्का लागी आवश्यक पर्ने सवै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button