तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिको म्यान्मार भ्रमण : लुम्बिनीका लागि विविध कालखण्डका ३० वटा बुद्ध प्रतिमा हस्तान्तरण

यांगुन । गणतन्त्र म्यानमारको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति बिद्या देवी भण्डारिको उपस्तिथिमा यांगुनस्थित सितागु अन्तरास्ट्रिय बुद्ध एकेडेमीले लुम्बिनीमा राख्ने गरि भगवान गौतम बुद्धका विभिन्न कालखण्डका ३० वटा बुद्धका प्रतिमा हस्तान्तरण गरेको छ ।

एकेडमीका प्रमुख सायदव सितागु, याङुन क्षेत्रका सामाजिक सम्बन्धमन्त्री उ नेइङ नाङ लिनले परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यलाई ती बुद्ध प्रतिमाहरु हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्रीले बुद्ध प्रतिमा हस्तान्तरण नेपाल र म्यानर्माको अनन्त मित्रताको प्रतीक भएको र यसबाट दुई देशको साझा संस्कृती र भवनाको प्रतिबिम्ब गरेको बताउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button