तपाईँ सुन्दै हुनुहुन्छः

लिग वान : २४ अंकसहित पिएसजी शिर्ष स्थानमा, नाइस ४-१ ले पराजित

एजेन्सी । डी मारिया, एम्बाप्पे र इकार्डीको गोलले लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले नाईसमाथि ४– १ को प्रभावशाली जित हासिल गरेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीका लागि एन्जल डी मारियाले दुई, केलियन एम्बाप्पेले र इकार्डीले एक एक गोल गरे । नाईसको तर्फबाट गनागोले एक गोल गरे ।

१५ औँ मिनेटमा डी मारियोको गोलबाट अग्रता लिएको पिएसजीले २१ औँ मिनेटमा उनैले अग्रता दोब्बर पारेका थिए । ६७ औँ मिनेटमा गंनागोले गोल गर्दै घरेलु टोली नाईसलाई खेलमा फर्काउने कोशिश गरे । तर ८८ औ मिनेटमा एम्बाप्पेले पीएसजीलाई ३–१ ले अघि बढाए ।

दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै पीएसजीले ४–१ को प्रभावशाली जित निकाल्न सफल रह्यो । दोस्रो हाफमा घरेलु टोलीका दुई खेलाडी रातो कार्ड खादै मैदान बाहिरिएपछि नाईस ९ खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो । ७४ औँ मिनेटमा विलेन साईप्रिन र ७७ औ मिनेटमा क्रिस्टोफ हेर रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

पीएसजी १० खेलबाट २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । नाईस १३ अंकसहित नवौँ स्थानमा यथावत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button