तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्रीद्वारा महाविजय चैत्यको अवलोकन

याङ्गुन । राष्ट्रपति विद्यादेवी भण्डारीका साथ मित्रराष्ट्र म्यान्माको राजकीय भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उच्चपदस्थ अधिकारीले आज याङ्गुनस्थित महाविजय चैत्यको अवलोकन गर्नुभयो ।

मन्त्री ज्ञवालीसहितको टोलीले त्यहाँस्थित बुद्धको मूर्तिको समेत अवलोकन गरेको थियो । प्यागोडाशैलीको यो मन्दिर धम्माराखिता पहाडमा पर्छ । नेपाली प्रमण्डललाई त्यहाँस्थित स्थानीय सरकारका प्रमुखले स्वागत गरेका थिए ।

सन् १९८० मा तत्कालीन राजा वीरेन्द्र शाह त्यहाँको भ्रमणमा जाँदा सो चैत्यमा बुद्धको मूर्ति उपहार दिनुभएको थियो । यस मन्दिरका संस्थापक नि विन हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button