तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीले ३ देखि ५ गतेसम्म जापानको भ्रमण गर्नुहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ देखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकका अवसरमा आयोजना हुने समारोहमा भाग लिन टोकियो प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिनु हुने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तीमा जनाइएको छ ।

भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि भेटवार्ता गर्नु हुनेछ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपतिका कार्यालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरु रहनु हुनेछ ।

राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्कनु हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button