तपाईँ सुन्दै हुनुहुन्छः

शिवश्री हाइड्रोपावरद्वारा शेयर निष्काशन तथा विक्री खुला

मेलम्ची – शिवश्री हाइड्रोपावर लिमिटेडद्धारा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधिन २२ मेगावाटको चाकु ए जलविद्युत आयोजनाले सर्वसाधारणको लागि साधारण शेयर निष्काशन तथा विक्री खुला गरेको छ ।

सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि छुट्याइएको दुई लाख ६८ हजार ९१ समेत ३३ लाख ५१ हजार १सय ४० कित्ता शेयर विक्रीका लागि निष्काशन गरिएको छ ।

शेयरको आवेदन दिने समय आगामी कात्तिक १५ गतेसम्म तोकिएको छ । शेयरको निष्काशन तथा विक्रीको जिम्मेवारी प्रबन्धक सिद्धार्थ क्यापिटलले पाएको छ । प्रभावितका लागि यस अघि नै शेयर निष्काशन गरिसेको छ । अहिले भने मुलुकभरका जोसुकै लगानीकर्ताले पनि शेयरका लागि अवेदन दिन पाउनेछन् । विगतमा भूकम्प, बाढीपहिरोलागयतका प्राकृतिक प्रकोपका कारण आयोजना निर्माणमा ढिलाइ भएको जानकारी दि“दै पौडेलले अव यो अवस्था नरहेको बताए ।

आयोजानको काम धमाधम भइरहेकोले उत्पादन शुरु गर्न लामो सयम कुर्नुनपर्ने उनले दाबी गरे । हामी लागानीकर्ताको विश्वासलाई मर्न दिदैनौं, पौडेलले भने,‘ढुक्क भएर शेयरमा लगानी गर्न आब्हान गर्छौ ।’ शिवश्रीले ३६ मेगावाटको माथिल्लो बलेफि आयोजना निर्माण गरिरहेको छ । चाकुकै लगानीकताद्वारा निर्माण भइरहेको बलेफिले आगामी वर्षात् अगावै उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुका अनुसार करिव ७५ प्रतिशत काम पूरा भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button