तपाईँ सुन्दै हुनुहुन्छः

राजकीय भ्रमणका क्रममा राष्ट्रपति भण्डारी यांगुनमा

म्यानमार– राष्ट्रपति विद्यादेबी भण्डारी गणतन्त्र म्यानमारको पाँच दिने राजकीय भ्रमणका क्रममा आज म्यानमारको यांगुन आईपुग्नु भएको छ । यांगुन आईपुग्नु हुँदा राष्ट्रपति भण्डारीलाई यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा यांगुन रिजनको सरकारका र तथा पार्टीका चिफ मिनिष्टर उ फ्यो मिनथेइनले स्वागत गर्नुभयो ।

 अहिले राष्ट्रपति भण्डारी यांगुनस्थित नेपाली राजदूताबासमा म्यानमारका गैर आवासीय नेपालीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुन्छ । राष्ट्रपति भण्डारीको सम्मानमा आज म्यानमारका लागि नेपाली राजदूत भीम उदासले रात्रीभोजको आयोजना गर्नुभएको छ ।

यसअघि म्यानमारको राजकीय भ्रमणका क्रममा राजधानी ने पि त् बाट पि नुइलिन पुग्नु भएका राष्ट्रपति बिध्या भण्डारीले आज यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गर्नु हुदै म्यानमारमा बसेर नेपाली भाषा संस्कृति रिती रिवाज र परम्पराको संंरक्ष्ण गरेकोमा प्रशंसा गर्नुभएको छ ।

म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मान मा आयोजना गरेको स्वागत समारोहमा उहाँले आफ्ना पुर्वज जस्तै मेहनती लगनशील उद्धमी भएर नेपाल र नेपालीको इज्जत राख्दै म्यानमारको  विकासमा सहयोगी बन्न म्यानमारको नेपालीलाई आग्रह गर्नुभयो । उहाले नेपाल  ‘भ्रमण वर्ष २०२०’ मा आफ्ना पुर्खाको भुमि सम्झेर नेपाली समुदायलाई नेपाल आउन आग्रह गर्नुभयो ।

त्यसअघि उहाँले स्थित दुर्गा र पशुपतिनाथको मन्दिरको दर्शन र अवलोकन गर्नुभएको थियो । मन्दिरमा राष्ट्रपतिलाई नेपाली मूलका म्यान्माली पुजारी जगन्नाथ गौतम र खडानन्द खनालले स्वागत गरी पूजाआजा गराउनुभएको थियो । उहाँले त्यहाँस्थित पञ्चमुखी शिवको पनि दर्शन गरी पूजाआजा गर्नुभएको थियो । सो मन्दिरमा रहेको शिवको मूर्ति तत्कालीन राजा महेन्द्र र पशुपतिनाथको प्रतिमा राजा वीरेन्द्रले आआफ्ना म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो ।

राष्ट्रपति भण्डारी पि नुइलिनबाट म्यानमारको मण्डलाय रिजनको बगान सहर पुग्न भई विश्व सम्पदा सूचीमा सूचीकृत बगान शहर र ११ आँै शताब्दी अघि निर्मित शाक्यमुनी गौतमको आनन्द नाम दिइएको मन्दिरलगायत बौद्ध चैत्यहरुको अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button