तपाईँ सुन्दै हुनुहुन्छः

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ को सूचीकरण खारेज

काठमाडौं । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ को सूचीकरण खारेज भएको छ ।

म्युचुअल फण्डको अवधि कार्तिक २ गते परिपक्क हुने भएसँगै नेपाल स्टक एक्सचेञ्जले कार्तिक १ गते शुक्रबार फण्डको सूचीकरण खारेज गरेको हो ।

फण्डको असोज ३० गते बिहीबार नेप्सेमा कारोबार भई कायम रहने इकाई धनीले त्यस योजनाको प्रतिफल पाउनेछन् ।

फण्डको योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरि इकाई धनीलाई स्वामित्वको आधारमा भुक्तानी दिइने एनएमबी क्यापिटलले जनाएको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी सुलभ फण्ड १ को साँढे ७ करोड इकाई शेयर बजारमा सूचीकृत रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button