तपाईँ सुन्दै हुनुहुन्छः

‘विश्व बैंकको सहायता राशि बढाउनुपर्छ’

सुरेन्द्रमणि त्रिपाठी । अर्थमन्त्री डा.युवराज खतिवडाले विश्व बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल दिने क्षेत्रमा लगानी गर्न र कर्जामाथीको निर्भरता कम गर्न छिटो प्रतिपल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउनुभएको छ ।

विश्व बैंकले नेपालमा सहायता गरेको पचास वर्ष पुगेको अवसरमा अमेरिकाको वाशिंगटन डिसीमा आयोजित अन्तरराष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समुहको दक्षिण एसिया मतदान समुहको संयुक्त वाषर््िाक बैठकमा अर्थमन्त्री डा.खतिवडाले नेपालको प्राथमिकता अनुसार चरम गरिबी केही वर्षभित्र हटाउन र आम जनताको औषत आयू एसिया प्रशान्त क्षेत्रको आयू बराबर बनाउन विश्व बैंकको सहायता राशी बढाउनुपर्ने बताउनुभयो ।

अर्थमन्त्री डा.खतिवडाले प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुने विश्वास पनि दिलाउनुभयो ।

नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान प्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले नेपालले छोटो सयममा वित्तीय संघियता कार्यान्वयन गर्न सफल भएकोमा प्रशंशा गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button