तपाईँ सुन्दै हुनुहुन्छः

बेलौरी नगरपालिकाले बाल विकास र निजी स्रोत शिक्षकलाई प्रोत्साहन भत्ता दिने

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास र निजीस्रोत शिक्षकहरुलाई प्रोत्साहन भत्ता दिने भएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षिकाहरु र निजी स्रोतमा कार्यरत शिक्षक शिक्षिकाहरु न्यून पारिश्रमिकमा काम गर्दै आएकाले उनीहरुको प्रकृति हेरी वार्षिक रुपमा एकमुष्ट १२ हजार रुपैँयासम्म प्रोत्साहन भत्ता दिइने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भएपनि अधिकांश विद्यालयहरुमा अति न्युन पारिश्रमिकमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई स्थानीय सरकारका तर्फबाट प्रोत्साहन भत्ता स्वरुप एकमुष्ट उपलब्ध गराउने गरी चालु आर्थिक वर्ष २०७६।०७७ को बजेटमा रकम विनियोजन गरिएको नगर प्रमुख चौधरीले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button