तपाईँ सुन्दै हुनुहुन्छः

डोकोमा बोकेर ल्याएको भारी बिसाउने ठाँउ खोई ?

तस्वीरमा सार्वजानिक सुनुवाईमा सहभागी

स्याङ्जा – यहाँका किसानहरुले किसानलक्षित कार्यक्रम पहुँचवालालाई मात्रै पुग्ने गरेको भन्दै गुनासो गरेका छन् । बास्तविक किसानहरु मारमा परेका भन्दै टाँठा बाठाले मात्रै सरकारका सुविधा लिएको बताएका हुन् ।

“तिहारमा स्पिकरमा गित बजाएर देउसी भैलो खेलिन्छ । यसले गर्दा हाम्रो परम्परागत भैलोको मौलिकता हरायो । यसमा नगरपालिकाले उचित व्यवस्था गरेर अगाडि बढ्नुपर्छ ।”

भीरकोट नगरपालिकाले आज गरेको सार्वजानिक सुनुवाईमा बोल्दै किसान सन्तोष केसीले भन्नुभयो, “२० वटा बाख्रा पाल्ने किसानले सरकारको अनुदान पाउँछ दुरदराजका सय बाख्रा पाल्ने किसानलाई सरकारका सेवा सुविधाका बारेमा थाहा नै छैन् ।”

स्थानीय तहले अनुदान वितरण गर्दा बास्तविक किसानको पहिचान गरी कार्यक्रम ल्याउनुपर्ने भन्दै केसीले प्रश्न गर्नुभयो, “किसानले डोको भरी ल्याएको कृषि उपज बेच्ने ठाउँ खोई, डोको बिसाउने ठाउँ खौई ।” कृषि प्रदान देश नेपालमा कृषि र कृषकलाई प्राथामिकता दिईएन भने समृद्धि हासिल गर्न नसकिने केसीको भनाई थियो । केसी जस्तै अन्य सहभागिले समेत राज्यका सेवा सुविधा सुटबुटमा ठाँटिएकाहरुले मात्रै लिने गरेको गुनासो पोखे ।

“किसानले डोको भरी ल्याएको कृषि उपज बेच्ने ठाउँ खोई, डोको बिसाउने ठाउँ खौई ।” कृषि प्रदान देश नेपालमा कृषि र कृषकलाई प्राथामिकता दिईएन भने समृद्धि हासिल गर्न नसकिने केसीको भनाई थियो ।

कार्यक्रममा भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसीले नगरपालिकाले सञ्चालनमा ल्याएको बसपार्क प्रयोगविहिन भएको ध्यानार्कषण गराउनुभयो । साथै उहाँले सवारी व्यवस्थापनका लागी बनाईएको बसपार्क प्रयोग नहुँदा बजारमा सवारी दुर्घटना बढ्ने बताउनुभयो ।

कार्यक्रममा हुमबहादुर गुरुङले तिहारमा खेलिने देउसीभैलोको मौलिकता हराएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तिहारमा स्पिकरमा गित बजाएर देउसी भैलो खेलिन्छ । यसले गर्दा हाम्रो परम्परागत भैलोको मौलिकता हरायो । यसमा नगरपालिकाले उचित व्यवस्था गरेर अगाडि बढ्नुपर्छ ।” गुरुङ जस्तै अन्य सहभागिले मौलिक परम्परागत संस्कृति लोप हुँन लागेको भन्दै युवालाई हस्तान्तरण आवश्यक रहेको बताएका थिए ।

“२० वटा बाख्रा पाल्ने किसानले सरकारको अनुदान पाउँछ दुरदराजका सय बाख्रा पाल्ने किसानलाई सरकारका सेवा सुविधाका बारेमा थाहा नै छैन् ।”

कार्यक्रममा नगरप्रमुख छायाराम खनालले कृषिमा प्रयाप्त जनशक्ति नहुँदा उचित काम गर्न नसकेको स्वीकार गर्दै कृषिलाई नै प्राथामिकतामा राखेर बजेट विनियोजन गरिने बताउनुभयो । साथै प्रमुख खनालले दिर्घकालिन योजनाका साथ नगरपालिका अगाडि बढेको भन्दै भन्नुभयो, “अव हामी विज्ञ राखेर ३, १० र १५ वर्षे योजनाहरुका कामहरु गर्नेछौँ ।”

तस्वीरमा सार्वजानिक सुनुवाईमा सहभागी

प्रतिक्रिया राख्नुहोस्

Back to top button