तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा बस दुर्घटना , १४ घाईते, दुई जनाकोे अवस्था गम्भिर

बागलुङ – बागलुङ्गमा बस दुुर्घटना हुुँदा १४ जना घाईते भएका छन् । घाईते  मधे दुईजनाको अवस्थाा गम्भिर छ ।

बुर्तिवाङदेखि बागलुङ बजार आउँदै गरेको ग १ ख ५७०४ नं को यात्रुबाहक बस शक्रबार बिहान बागलुङ नगरपालिका–३ बोक्सेमा दुर्घटना भएकोे होे ।

दुर्घटनाबाट गम्भिर घाईते बानपा –३ बस्ने २० वर्षिय सन्जय बोहरा र बानपा–२ बस्ने ३६ बर्षिय सुनिता बस्याललाई थप उपचारको लागि पोखरा पाठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत झविन्द्र प्रसाद भटराईले जानकारी दिए ।

अन्य घाईतेहरु धौलागिरी अञ्चल अस्पतालमा उपचार भर्ईरहेको छ । दुर्घटनापछि सवारी चालक विकास विक फरार रहेको र खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।

क्रिश्चियन धर्म सम्वन्धी कार्यक्रममा सहभागी भएर र्फ्किएका विद्यार्थीहरु चढेको बस अचानक दुर्घटनामा परेको बताईएकोे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button