तपाईँ सुन्दै हुनुहुन्छः

दाङ प्रहरीद्वारा बरामद गरिएका हतियार र बम सार्वजनिक

 कात्तिक– दाङमा पक्राउ परेका विप्लव नेतृत्वका नेता कार्यकर्तासँग प्रहरीले ठूलो परिमाणमा हतियार बरामद गरेको छ ।

प्रहरीले लोड गरिएको अवस्थामा अ‍ेमेरिकी पेस्तोल दुई थान, कटुवा पेस्तोल चार थान, सुतली बम एक थान, ३०३ राईफलमा लाग्ने गोली पाँच थान, ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ नगद, २४ थान मोबाईल, विभिन्न महत्वपूर्ण दस्तवेज र ठेली बरामद गरेको छ ।

जनपथ र शसस्त्र प्रहरीको टोलीले बुधबार राति करिब १ः००बजे राजपुर गाउँपालिका – ४ मरठेस्थित एक घरमा घेरा हालेर प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनष्टिका २१ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको थियो ।

उनिहरुलाई हातहतियार खरखजना, विष्फोटक पर्दाथ ओसार पसार शिर्षकम मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button