तपाईँ सुन्दै हुनुहुन्छः

तत्काल मन्त्रिमण्डल फेरबदल नहुने : अध्यक्ष दाहाल

अत्तरिया ,कैलाली– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताउनु भएको छ । धनगढीमा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले तत्कालका लागि मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताउनु भएको हो ।

सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकोले यो प्रश्न आफूलाई नगर्न पनि उहाँले पत्रकारलाई आग्रह गर्नुभएको थियो । उहाँले चिनियाँ राष्ट्रपति सीको भ्रमण ऐतिहासिक भएकोसमेत बताउनुभयो ।

आजदेखि धनगढीमा सुरु भएको नेकपाबाट निर्बाचित स्थानीय तहका जनप्रतिनिधलाई सम्बोधन गर्न अध्यक्ष दाहाल धनगढी पुग्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button