२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध नियन्त्रण गर्न चुनौतीपूर्ण

रेडियो नेपाल २०७६ कार्तिक १ गते ११:४७

बाँके। बाँके जिल्लामा ला गुऔ षघको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । यस जिल्लामा ला गुऔ षधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक भएको पाइँदैन ।

अहिले बाँके जिल्लालाई ला गुऔ षधमुक्त र दु व्यर्सनीलाई पुनःस्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ । सीमानाकामा चेकजाँचमा कडाइ गर्नुका साथै दु व्र्यसनीका लागि विभिन्न सङ्घ संस्थाले पुनःस्थापनाको कार्यक्रम पनि सञ्चालन गरेको पाइन्छ । यति हुँदा पनि यस जिल्लामा ला गुऔ षध कारोवार र सेवनकर्ताको सङ्ख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारी नै बताउँछन् ।

“बाँके जिल्लामा ला गुऔ षध सेवन र कारोवार नियन्त्रणका लागि स्थानीय प्रशासनले सरोकारवाला प्रहरी, सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि नियन्त्रणको प्रयासअनुसार नतिजा आउन भने सकेको छैन”, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीको भनाइ छ ।

गत आर्थिक वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय, बाँकेले झण्डै ३०० ला गुऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । बाँके जिल्लामा खुला सिमाना भएका कारण ला गुऔ षध नियन्त्रण चुनौतीपूर्ण भए पनि केही महत्वपूर्ण सफलता हासिल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओली बताउनुहुन्छ । नेपालगञ्जस्थित सहारा हाउसले गत आवको अहिलेसम्म १५० को पुनःस्थापना गरिसकेको हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार, सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने धेरै हदसम्म युवालाई ला गुऔ षधको कुचक्रबाट टाढा राख्न सकिन्छ । रासस

सम्बन्धित