तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकपको ग्लोबल छनोट आजबाट

एजेन्सी । सन् २०२० मा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत युएईमा आज (शुक्रबार) बाट ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ ।

युएईको दुबई र आबुदाबीमा हुने छनोटमा १४ राष्ट्रको सहभागिता रहेको छ । आगामी ३ नोभेम्बरसम्म चल्ने छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् । अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्ने छन् । एक आयोजक सहित टी-ट्वान्टी वरियताका शीर्ष ९ टिमले भने छनोट खेल्ने छैनन् ।

राउण्ड रोबिनको आधारमा आयोजना हुने छनोटमा स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, सिंगापुर, नामिबिया, केन्या, बर्मुडा, युएई, आयरल्याण्ड, ओमान, हङकङ,क्यानडा, जर्सी र नाइजेरिया रहेका छन् ।

नेपाल भने यस पटक ग्लोबल छनोटमा पुग्न सकेन् । सिंगापुरमा भएको एसिया फाईनल्समा नेपाल सिंगापुरसँग पराजित हुँदा ग्लोबलमा पुग्न असफल भएको हो ।

छनोटको पहिलो दिन चार खेल हुनेछ । पहिलो खेलमा स्कटल्याण्ड र सिंगापुर भिड्दा दोस्रो खेलमा हङकङ र आयरल्याण्ड खेल्नेछ ।

तेस्रो खेलमा केन्या र नेदरल्याण्ड तथा चौंथोमा युएई र ओमानले खेल्ने छन्  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button