२०७९ साल साउन २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पुरा गर्न नेपाल र चीनबिच सम्भावनाको ढोका खुलेको छ : सञ्चारमन्त्री बाँस्कोटा

केशव ढुंगाना २०७६ असोज ३० गते १८:५७

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले हालै सम्पन्न चीनियाँ राष्ट्रपति सी चिनफिङ् भ्रमणले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पुरा गर्न दुई देशबीच सहकार्य गर्ने सम्भवनाको ढोका खोलिएको बताउनुभएको छ ।

आज मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको एक प्रश्नको जवाफमा सरकारका प्रबक्तासमेत रहनु भएका मन्त्री बाँस्कोटाले चीनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशको राजनीतिक नेतृत्व बीच बिशिष्ट सम्वन्ध कायम भई सम्पूर्ण विकासका योजनाहरूमा सहकार्य गर्नें बाटो खुल्ला गरिदिएको उल्लेख गर्नुभयो ।

सोही अवसरमा मन्त्री बास्कोटाले भ्रमणका क्रममा छलफल भएको दुई देश विचको रणनीतिक साझेदारीको विषय दुई देशको विकास र समृद्धिका क्षेत्रमा मात्र कायम रहने बताउनुभयो ।

नेपाल कुनैपनि सैन्य गठबन्धनमा संलग्न हुने सम्भावना नरहेको बताउनुहुँदै उहाँले नेपाली सेनाको व्यवसायिकता एवं क्षमता अभिबृद्धिका लागि मित्र राष्ट्रहरूबाट प्राप्त हुने सैन्य सहयोग मात्रै स्वीकार्य हुने स्पष्ट पार्नुभयो ।

सम्बन्धित