तपाईँ सुन्दै हुनुहुन्छः

चोरीको आरोपमा दुईजना पक्राउ

सप्तरी– सदरमुकाममा डेरा लिएर चोरी कार्य गर्दै आएका आमाछोरा पक्राउ परेका छन् । महादेवा गाउँपालिका –१ की ४० वर्षिय सरितादेवी सरदार र उनका १६ वर्षिय छोरालाई चोरीको आरोपमा प्रहरीले राजविराज नगरपालिका–८ स्थित डेरावाट पक्राउ गरेको हो ।

स्थानीयवासीको सामुहिक उजुरीका आधारमा आमा छोरालाई पक्राउ गरिएको सप्तरीका प्रहरी नायव उपरिक्षक तिलक भारतीले बताउनुभयो । छोरा चोर्न निस्किएपछि आमाले रेकी गर्ने र चोरीका सामान संरक्षण र बिक्रिबितरणको काम गर्दै आएको प्रहरीको भनाई छ ।

आमा छोरा दुवै जनालाई जिल्ला अदालत राजविराजमा म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको भारतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button