तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुकसहित एकजना पक्राउ

मकवानपुर – मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले कैलास गाउँपालिका–५ थानेडाँडाबाट भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको हो ।

प्रहरीले स्थानिय ५६ वर्षीय रामबहादुर मोक्तानको घरमा लुकाइ छिपाई राखेको एकथान भरुवा बन्दुकसहित मोक्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ ।

प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारेपछि मुक्तानलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।
मोक्तान माथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button