तपाईँ सुन्दै हुनुहुन्छः

अन्तराष्ट्रिय महिला सम्मेलन समिक्षा गोष्ठि

Image result for थममाया थापा

काठमाडौं।महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले महिला अधिकारको सफल कार्यान्वयन गर्न सरकार लागि परेको बताउनुभएको छ ।

ललितपुरमा आज आयोजित चौथो विश्व महिला सम्मेलनको समिक्षामुलक परामर्श गोष्ठीको उद्घाटन गर्नुहुंदै मन्त्री थापाले महिलाका लागि संवैधानिक रुपमा प्राप्त हक अधिकारको सफल कार्यान्वयनका लागि राज्य नीतिगत ब्यवस्था गर्न लागिपरेको बताउनुभयो । उहांले राज्यको मुलधारमा महिलाको सार्थक सहभागिता सुनिश्चित गर्न महिलाहरुको नेतृत्व र क्षमता विकासमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

सन् १९९५ मा चिनको बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनको समिक्षाका लागि नेपालमा राष्ट्रिय सञ्जाल गठन गरिएको छ ।उत सम्मेलनले महिला र शिक्षा, महिला र गरिबी, महिला र स्वास्थ्य, महिला हिंसा लगायतका १२ वटा सरोकार क्षेत्र समेत निर्धारण गरेको थियो ।

भोलिसम्म सन्चालन हुने गोष्ठीमा महिला अधिकारकर्मीहरु र यससँग सम्बन्धित गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button