तपाईँ सुन्दै हुनुहुन्छः

निलम्बन फुकुवापछिको क्यानको पहिलो बैठक आइतबार

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट शसर्त निलम्बन फुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) को पहिलो बैठक आइतबार बस्ने भएको छ ।Image result for क्यानको पहिलो बैठक आइतबार

मुलपानीस्थित क्यानको कार्यालयमा बस्ने बैठकले आईसीसीको निलम्बन फुकुवासम्बन्धी विषयमा छलफल गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो  ।

असोज १० र ११ गते काठमाडौंमा भएको क्यान निर्वाचनबाट चतुरबहादुर चन्दको टोली नेतृत्वमा आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको हो । बैठकमा आईसीसीले भनेका ‘कन्डीसन्’ बारे छलफल हुनसक्छ खासै ठूलो एजेन्डाहरु नभएको सचिव प्याकुरेलले बताउनुभयो।

‘निलम्बन फुकुवा भइसकेपछि पहिलो पटक बस्दैछ । त्यसैले यसमा अन्य कुराहरु भन्दा पनि आईसीसीको निर्णयबारे छलफल हुन्छ,’ सचिव प्याकुरेलले भने,‘यसमा खासै धेरै एजेन्डा केही पनि छैन् ।’

आईसीसीले गएको सोमबार क्यानको निलम्बन फुकुवा गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट पारस खड्काले राजिनामा दिएपछिको पहिलो बैठक भएपनि यसमा पारसको विषयमा गहन छलफल भने नहुने प्याकुरेलले बताउनुभयो ।

‘पारस जीको राजीनामा क्यानसम्म आधिकारीक रुपमा नसकेकाले यो विषयमा छलफल हुँदैन्,’ सचिव प्याकुरेलले भने,‘यसमा साथिहरुले चाँसो राख्न सक्छन् । तर, आधिकारीक रुपमा राजीनामा नआइकन यो विषयमा छलफल हुँदैन् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button