तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रा चराउन गएका बालकको भीरबाट लडेर मृत्यु 

अछाम – अछाममा भीरबाट लडेर एकजना बालकको ज्यान गएको छ । बाख्रा चराएर फर्कने क्रममा रामारोशन गाउँपालिका वडा नम्वर ७ सुतारका अम्मर भण्डारीको ज्यान गएको हो ।
१० बर्षिया बालक भण्डारीको बुधबार साँझ बाख्रा चराएर फर्किने क्रममा बाटोबाट लडेर करिब ५० मिटर तल बाँसको झारीमा परी घटना स्थलमै ज्यान गएको उनका आफन्तन चन्द्र भण्डारीले बताउनुभयो ।
मृतक भण्डारी स्थानीय कालीका ईङलिस बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत रहेको वडा अध्यक्ष खडक भण्डारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button