तपाईँ सुन्दै हुनुहुन्छः

हरियो तरकारीको मुल्य बृद्धि

बीरगंज – चाडपर्व सुरु भएदेखि नै बीरगंजलगायत बारा, पर्सामा हरियो तरकारीको मूल्य आकाशिएको छ ।दशैंदेखि हरियो तरकारीको भाउ झण्डै ५ सय प्रतिशतसम्म बढेको छ ।

नजिकिँदै गरेको तिहार र छठको मागलाई हेर्दा तत्कालै मूल्य घटने सम्भावना कम रहेको तरकारी व्यवसायीहरु बताउछन । असोजमा परेको झरीले बारा, पर्सा जिल्लामा लगाएतका तरकारी खेतीमा क्षति पुगेपछि स्थानीय बजारमा पाँचसय प्रतिशतसम्म हरियो तरकारीको मुल्य बृद्धि भएको छ ।

दैनिक आवश्यक पर्ने तरकारीको अस्वाभाविक मूल्य वृद्धिले उपभोक्ता महंगो मूल्य तिर्न वाध्य भएका छन । बीरगंजको प्रमुख तरकारी बिक्री केन्द्र मिना बजारमा वर्षाअघि किलोको १५ रुपैयाँमा बिक्री हुने भिन्डीको भाउ अहिले ८० रुपैयाँ पुगेको छ ।

किलोको ३० देखि ४० रुपैयाँ पर्ने तिते करेला २ सय ४० रुपैया प्रति किलो भएको छ । मुठाको ५ रुपैयाँ पर्ने रायो साग १५ देखि २० रुपैया प्रति मुठा भएको छ । मुला २० बाट बढेर ४० रुपैयाँ, ६० पर्ने बोडी सय, फर्सी ३५ बाट बढेर ९० रुपैयाँ, प्याज किलोको १ सय २०, काउली १ सय र गोलभेडा १ सय २० देखि १ सय ५० र बन्दा कोवी ५० रुपैयाँ प्रति किलो भएको छ । अत्याधिक मुल्य बृद्धिले उपभोक्ताले हरियो तरकारी खानै नसक्ने अवस्थामा पुगेका छन् ।

तराई मधेशमा तरकारी नपाएपछि व्यवसायिहरु तरकारी संकलनका लागि पहाडी जिल्लामा पुग्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button