तपाईँ सुन्दै हुनुहुन्छः

फेसबुक पनि बन्नसक्छ डिप्रेसनको कारण

 

अहिले हामी सामाजिक सञ्जालमा जोडिएका छौं । त्यही माध्यामबाट हामी आफन्त, साथीभाईसँग भलाकुसारी गर्छौं । एकअर्काको हालखबर बुझ्छौं । तर, यतिमा मात्र पनि सीमित छैनौं । सामाजिक सञ्जालमा हामी यति लिप्त भएका छौं कि, मानौं त्यही नै हाम्रो संसार हो । त्यही हाम्रो खुसी हो । त्यही नै हाम्रो जीवन हो ।

जबकी सामाजिक सञ्जालकै कारण हामी धेरै कुरा गुमाउँदैछौं । यसले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर र्पुयाइरहेको छ । भनिन्छ, अहिले फेसबुक जस्ता सामाजिक सञ्जाल डिप्रेसनको कारक बन्दैछ ।

हामीले जस्तो गर्छौ, हामी त्यस्तै हुन्छौ भन्ने भनाई त हामीले धेरै पटक सुनेका छौं । लगातार एकै प्रकारको काम गर्छौ भने त्यसलाई हाम्रो बानी भनिन थाल्छ र हाम्रो बानीले हामी जीवनको कुन गन्तव्यमा पुग्छौं भन्ने कुरा निर्धा्रित गर्छ । हाम्रो राम्रो बानीले हामीलाई खुशी, सन्तुष्ट, स्वस्थ र सफल बनाउँछ भने नराम्रो बानीले यी सबैको उल्टो असर गर्छ ।

त्यस्ता केही बानी जसले हाम्रो प्रतिकूल ढंगले प्रभावित गर्न सक्छ । हामीलाई एक्लोपन र दुःखको बाटोमा डोर्होयाउने गर्छ ।

जब हामी दुःखी र तनावग्रस्त महसूस गर्छौ, त्यसैले आफुलाई रिल्याक्स गर्नका लागि प्रायः फेसबुक, इन्स्टाग्राम अथवा व्हाट्सऐप जस्ता सोसल मीडियातर्फ आकषिर्त हुन थाल्छौं ।

यसको प्रयोगले हाम्रो ध्यान तनाव उत्पन्न गराउने कुराहरुबाट हट्छ भन्ने सोचाई धेरैको हुन्छ । तर धेरै सर्वेक्षणका अनुसार सोसल मीडियामा धेरै समय बिताउनाले, अरुको जीवनको रमझम, उनीहरुको रमाइलो र खुशीको तस्वीरहरु र अपडेट्सहरु देखेर तपाई आफ्नो बाँचिरहनु भएको जीवनप्रति झन् दुःखी हुन थाल्नु हुन्छ ।

एउटा अनुसान्धान अनुसार जुन व्यक्ति हप्ताको ७० घण्टा भन्दा बढि समय कम्प्यूटर अथवा मोबाइल हेरेर बिताउने गर्छ, उसलाई डिप्रेशन हुने, निद्रा नलाग्ने र अरुसंगको संवादले झर्को लाग्न थाल्छ ।

यदि यहि क्रममा धेरै समय अनलाइन हुुनुहुन्छ भने तपाई एक्लोपन र जीवनमा असन्तुष्ट महसुस गर्ने सम्भावना झन बढि हुन्छ । यी सबै डिप्रेसन हुने शुरुआती लक्षणहरु हुन ।

यदि तपाईंलाई कुनै कुराको तनाव भएको छ र ध्यान अन्तै लगाउन चाहानु हुन्छ भने सोसल मिडियाको सहारा लिनु भन्दा किताबहरु पढ्नुहोस् । यस बाहेक भर्चुअल जीवन भन्दा वास्तविक जीवन जिउने कोशिस गर्नुहोस् ।

यदि तपाईंलाई किताब पढ्दा पनि तनावको महसूस भैइरहेको छ भने कति घुम्न निस्कनुहोस् । कतै बगैँचामा घुम्न जाने अथवा साथीभाईहरुसंग भेटघाट गर्नुहोस् । यी सबै कुराको एउटा मात्र अर्थ तपाई स्वयं वास्तविक जीवनसंग जोडिनुहोस, यसबाट टाढा नभाग्नुहोस् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button