तपाईँ सुन्दै हुनुहुन्छः

आङसाङ सुकी र राष्ट्रपति भण्डारी बीच शिष्टाचार भेट सम्पन्न

नेपित्, म्यानमार – राजकिय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी बीच शिष्चार भेट वार्ता सम्पन्न भएको छ ।

गण्तन्त्र म्यानमारका राष्ट्रपति उ विन मिन्टको दिपक्षिय बार्ता लगतै राष्ट्रपति भण्डारी र सुकी बीच भेटवार्ता भएको थियो ।

यसैबीच राष्ट्रपति भण्डारी र म्यानमारीका राष्ट्रपति उ विन मिन्टको उपस्थितिमा बिहिबार दुई देशबीच पर्यटन र सांस्कृतिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञावली र म्यान्मारअका धार्मिक तथा सांस्कृतिक मामिलामन्त्री आङ कोले बीच सांस्कृतिक सहयोग सम्बन्धी समझदारी पत्रमा मा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button