तपाईँ सुन्दै हुनुहुन्छः

बञ्चरो प्रहारबाट एकको मृत्यु,दुई घाइते

मकवानपुर । घरायसी झगडाका क्रममा एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा मकवानपुरमा एक महिलाको ज्यान गएको छ भने ती महिलाका श्रीमान् र अर्का एक व्यक्ति घाइते भएका छन् ।
जिल्लाको बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएका हुन् ।

पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायालाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

पाख्रिनले प्रहार गरेको बञ्चरो मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको प्रहरीले जनाएको छ ।पाख्रिनले सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तानलाई पनि बञ्चरो प्रहार गरेका छन् ।
बञ्चरो प्रहारबाट दुवैको टाउको र निधारमा चोट लागेको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button