तपाईँ सुन्दै हुनुहुन्छः

फुटबल टिम आज स्वदेश फर्कदै

काठमाडौं । विश्वकप छनोट खेल्न करिब दुई साता बढी देश बाहिर रहेको राष्ट्रिय फुटबल आज  स्वदेश फर्कदैछ ।

छनोटको अवे खेल खेल्न अष्ट्रेलिया र जोर्डन पुगेको नेपाली टिम साँझ नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एन्फाको अनुसार नेपाली टिम साँझ साढे ६ बजे नेपाल आईपुग्नेछ ।एक साता अघि अष्ट्रेलियासंग प्रतिस्पर्धा गरेर नेपाली टिम जोर्डन पुगेको थियो । नेपाली टिमले अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० को हार ब्यहोरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button