तपाईँ सुन्दै हुनुहुन्छः

मेस्सीले जिते छैटौं पटक ‘गोल्डेन शु, उनि नै बने सर्वाधिक ‘गोल्डेन शु’ जित्ने एक्लो खेलाडी

एजेन्सी। अर्जेन्टिनाका कप्तान तथा स्पेनिस क्लब बार्सिलोनाका स्टार लियोनल मेस्सीले छैटौं पटक गोल्डेन शु अवार्ड जितेका छन् । बुधबार एक बिशेष कार्यक्रम आयोजना गरी मेस्सीलाई गोल्डेन शु अवार्ड प्रदान गरिएको हो ।

युरोपियन लिगमा यस सिजन सवार्धिक गोलकर्ता बन्दै मेस्सीले गोल्डेन शु अवार्ड जितेका हुन् । अर्जेन्टिनाका मेस्सीले यस सिजन ३६ गोल गरेर यस अवार्ड आफ्नो बनाएका हुन् ।

यस अवार्ड जित्न मेस्सीले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि पारेका थिए । शुक्रबार भएको सिजनको अन्तिम खेलमा रिम्सविरुद्ध एक गोल गरेका एमबाप्पेले ३३ गोल गरेका थिए ।

मेस्सीले यो लगातार तेस्रो पटक गोल्डेन शु अवार्ड जितेका हुन् । योसँगै मेस्सी लगातार तेस्रो सिजन गोल्डेन शु जित्ने पहिलो खेलाडी समेत हुन् । यस्तै मेस्सीको यो समग्रमा छैटौं गोल्डेन शु हो । र, मेस्सी सर्वाधिक गोल्डेन शु जित्ने एक्लो खेलाडी हुन् ।

मेस्सी भन्दा पछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले चार पटक यस अवार्ड उचालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button