तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीलाई म्यानमारमा राजकीय सम्मान, द्विपक्षीय वार्ता सम्पन्न

नेपित्, म्यानमार – गणतन्त्र म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमार पुग्नुभएका राष्ट्रपति विद्यादेबी भण्डारीलाई यहाँको सेनाले सम्मान गारत अर्पण गरेको छ ।

यस अवसरमा दुबै देशको राष्ट्रिय गानको धुन बजाइएको थियो भने राष्ट्रपति भण्डारीले सम्मान ग्रहण गर्दै त्यहाँको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।

म्यानमारको राजधानी पुग्नु हुँदा राष्ट्रपति भण्डारीलाई म्यान्मारका अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी मन्त्री क्याउ थिन, धार्मिक सम्बन्ध तथा संस्कृति मन्त्री थुरा उ अंगको र ने पि त् नगरका प्रमुख डाक्टर म्यो अंग र म्यान्मारका लागि नेपाली राजदुत भीम उदासले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी र उहाँको समकक्षी उ विन मिन्टबीच प्रेसिडेन्सियल हाउसमा भएको द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

राष्ट्रपतिसँग अहिले म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्दै  हुनुहुन्छ । त्यसैगरी म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button