तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीबाट सम्मानगारत ग्रहण, दिपक्षीय वार्ता सुरु

नेपित्, म्यानमार – गणतन्त्र म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमार पुग्नुभएकी राष्ट्रपति विद्यादेबी भण्डारीलाई यहाँको सेनाले सम्मानगारत अर्पण गरेको छ । यस अवशरमा दुबै देशको राष्ट्रिय गानको धुन बजाइएको थियो भने राष्ट्रपति भण्डारीले सम्मान ग्रहण गर्दै त्यहाँको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।

अहिले राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच  प्रेसिडेन्सियल हाउसमा भेटवार्ता चलिरहेको छ । आजै राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्नुहुनेछ । आजै म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्माका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नुहुनेछ । त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ । यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नुहुनेछ ।

 

      

तस्बिरः प्रमोद दाहाल

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button