तपाईँ सुन्दै हुनुहुन्छः

पदमार्गबाट हेलम्बुहुँदै लाङटाङ र गोसाईकुण्ड

मेलम्ची । जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइकुण्ड जोड्ने पदमार्ग निर्माण कार्य तीव्र भइरहेको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै लाङटाङ र गोशाइकुण्ड पुग्न सकिने गरि निर्माणाधिन पदमार्ग पुराना र नयाँ गरि दर्जन बढी बन्दै गरेका हुन् ।

यत्तिखेर पुराना पदमार्गलाई मर्मतसम्भार र नयाँका लागि ट्रयाक खोलेर बनिरहेका छन् । चीनको ग्रोटवाल पछिको ठूलो मानिएको ग्रेट ट्रेलसहित पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माण कार्यलाई गति दिइएको हो । पर्यटन विभागले स्थानीय तहको समन्वयमा दुई करोडको लागतमा निर्माण भइरहेको हेलम्बु, सिमिसिदाङ हु“दै लाङटाङ पुगिने ३० किलोमिटर पदमार्ग १५ किमीको काम सकिसकेको छ त्यस्तै पुरानो पदमार्ग हेलम्बु, गञ्जलापास हुँदै रसुवाको लाङटाङ पुगिने ४० किमीमा दश किमी मात्रै काम बा“की रहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

‘लाङटाङ जोड्ने यी दुई पदमार्ग मात्रै हुन्, अर्को हेलम्बुको कुटुम्साङ, माग्नीकोट, ठाडेपाटी गोसाइकुण्ड रसुवाको स्याब्रुबेसी जोड्ने पदमार्ग निर्माणाधिन् अवस्थामा भएपनि चलिरहेको छ ।’ उनले भने, ‘हेलम्बु हुँदै लाङटाङ अनि पवित्रस्थल गोसाईकुण्ड पुग्ने पदयात्रीहरुलाई सुरक्षाका लागि पनि मार्ग निर्माण जरुरी देखिएको छ ।’ उनले सिन्धुपाल्चोक र रसुवाको पर्यटन प्रवद्र्धनका लागि हेलम्बु सेतू बन्ने विश्वास व्यक्त गरे । ह्योल्मो भूमि र धार्मिक स्थलको रुपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नका लागि पदमार्ग निर्माण गरिएको हो । योजनाअनुसार हेलम्बुलाई पदमार्गले घेर्ने लक्ष्य छ ।

पहिले चलनचल्तीमा रहेका पदमार्ग भूकम्पले क्षति पु¥याएको थियो । भत्किएका पदमार्ग हुँदै गन्तब्यसम्म पुग्नका लागि पर्यटकहरु कष्टकर यात्रा गर्नुपर्ने भएकाले क्षतिग्रस्त भएकाहरुलाई पनि मर्मत गरिएको हो । झण्डै एक सय किलोमिटर दुरीमा रहेको काठमाण्डौको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमा गाउँ कुटुम्साङबाट ठाडेपाटी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङुल, शेर्माथान्, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले पनि चलिरहेको स्थानीय गोपाल लामा बताउँछन् । ‘पुराना पदमार्ग मेटिन थाल्ने अवस्थामा पुग्न लागिसकेको थियो, पर्यटक फेरि आउने क्रम भने रोकिएन,’ उनले भने, ‘अहिले हेलम्बु गाउँपालिकाको समन्वयमा पदमार्ग निर्माणले तीव्रता पाएपछि पर्यटक बढ्ने क्रम छ ।’ उनले सुरक्षित बाटो अभावकै कारण रसुवा जाने पर्यटकका लागि यो पदमार्ग हेलम्बु पर्यटन प्रवद्र्धनका लागि लाइफलाईन हुने बताए ।

लामो दुरीका दर्जनौ पदमार्गलाई पहिलेकै अवस्थामा ल्याउनको लागि हेलम्बु गाउँपालिकाले पर्यटकीय पदमार्ग कार्ययोजना बनाएको छ । जसमा लाङटाङबाट हेलम्बु भित्रिने पर्यटकले ह्योल्मो परम्परा, धार्मिकस्थल घुम्दै डुब्कुबाट मेलम्ची खानेपानीको मुहान भेम भेमथाङ हेर्ने ‘प्याकेज ट्रेकिङ स्पट’ बनाएर काम थालेको छ । हेलम्बु वडा १ का अध्यक्ष मिङमार लामाकाअनुसार पदमार्ग निर्माणले पवित्र स्थल ‘छुह्यालागेन्जेन’ हेर्ने पर्यटकको पनि वृद्धि हुनेछ । उनले ‘छुह्यालागेन्जेन’ को अर्थ एकसय ८ वटा पानीको मुल फुटिरहेको बालुवा भएको चौर रहेको पनि प्रष्ट पारे । प्राचीन गुम्बैगुम्बाको शहर शेर्माथान्, ह्योल्मो बस्ती हेर्न पाइने मेलम्चीघ्याङ, घ्याङुल, झिचेन मिलारेपा गुफा, ढुक्पु, महागुरु रेन्पोछे छापसम्म एक दर्जन पदमार्ग जोड्दै लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button