तपाईँ सुन्दै हुनुहुन्छः

धानबालीमा फौजी कीराको प्रकोप बढेपछि मकवानपुरका किसान चिन्तित

   

मकवानपुर । फौजी कीराको प्रकोप बढ्दै गएपछि मकवानपुरका किसानहरू चिन्तित बनेका छन् । जिल्लाको मकवानपुगढी, मनहरी, भीमफेदी, बकैयालगायतका धान खेती हुने गाउँपालिका क्षेत्रमा धानबालीमा अमेरीकी फौजी किराको प्रकोप देखिएको छ । फौजी कीराको प्रकोप बढ्दै गएपछि धानबाली काट्ने बेला भएका किसान चिन्तित बनेका हुन् ।

जिल्लाको मकवानपुरगढी गाउँपालिकामा देखा परेको फौजी कीराको प्रकोप दैनिक व्यापक बन्दै गएपछि धान उत्पादन समेत घट्ने देखिएको छ । मकवानपुरगढीको कुर्लेफाँट, धादिंगफाँट, डुम्रेकुना, धमिलेफाँटलगायत क्षेत्रमा फौजी किराको प्रकोपले धानबाली नष्ट भइरहेको मकवानपुरगढी गाउँपालिका, कृषि विकास शाखाले जनाएको छ । फौजी किराका कारण सयौ विगहा जग्गामा लगाईएको किसानको काट्ने बेला भएको धानबाली नष्ट भईरहेको मकवानपुरगढी गाउँपालिका, कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

प्रकोपको रुपमा धानबालीमा देखापरेको फौजी कीराको रोकथाम र क्षति न्यूनीकरणका लागि गाउँपालिकाले बुधबारदेखि कृषक भेला र जनचेतनामूलक कार्यक्रम संचालन गर्न सुरु गरेको उहाँले बताउनुभयो । जिल्लामा सबै भन्दा बढी मकवानपुरगढी गाउँपालिकाको कुर्लेफाँट, धादिंगफाँट, डुम्रेकुना, धमिलेफँटलगायत क्षेत्रमा फौजी किराको प्रकोप बढेको छ । उक्त क्षेत्रका सायौ बिगहा क्षेत्रमा लगाईएको धान बाली फौजी किराले दैनिक नष्ट गरेको उहाँले बताउनुभयो । फौजी कीराले सयौं मन धान फल्ने क्षेत्रको धानबालीलाई नोक्सान र्पुयाएको उहाँले जानकारी दिनुभएको छ ।

फौजी कीराका कारण धानबाली नष्ट भएपछि त्यसको नियन्त्रणका विषयमा जानकारी दिन गाउँपालिकाले बुधबारबाट स्थलगत अवलोकन र अन्तरकृया समेत सुरु गरेको छ । फौजी कीराको प्रकोप बढ्दै गएपछि किसानहरू थप चिन्तित बनेको उहाँ बताउनुहुन्छ । फौजी कीराले थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने प्राविधिक चौधरीको भनाई छ । उक्त कीराले दिनभरि धानको गाँजमा लुक्ने र रात परेपछि धानको डाँठ, पात र टुप्पा खाने गर्दछ ।

धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि यसको समाधान कसरी गर्ने भन्ने विषयमा गाउँपालिकाले छलफललाई तीव्रता दिँदै समाधानको बाटो खोज्न शुरू गरेको मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुँमागाईले बताउनुभयो । गाउँपालिकाका कृषि प्राविधिक सहित बुधबारदखि स्थलगत अवलोकन, अभिमुखिकरण र अन्तरक्रिया सुरु गरिएको अध्यक्ष हुँमागाईले जानकारी दिनुभयो । अहिले कतिपय कृषकहरुले विषादी छरिसकेको, कतिपयले विषादी छर्ने तरखरमा रहेको स्थगत अवलोकनबाट पाईएको उहाँले बताउनुभयो । विषादी छरेको स्थानमा कीराहरु मरेको र किराको संख्यामा कमी भएको तर, करिब सवैतिर किरा फैलिसकेकोले थप समस्या सृजना भएको अध्यक्ष हुमागाईले बताउनुभयो ।

गाउँपालिकाले कृषि प्राविधिक सहित अवलोकन पश्चात किसानलाई पाकिसकेको धानबाली काटेर तुरुन्तै थ्रेसिङ्ग गर्ने र काटेर निन नराख्न, सम्भव भएसम्म हाँस अथवा लोकल कुखुरा खेतमा छोडदा केहि हदसम्म किरा कम गर्न सकिने, सुरक्षित विषादीहरु सावधानी अपनाई प्रयोग गर्न सुझव दिईएको गाउँपालकाका प्रमुख प्रशासकिय अधिकृत भीम परियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button