२०७८ साल माघ ८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु   

रेडियो नेपाल २०७६ असोज २९ गते १९:४७

भीमदत्तनगर –  जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा आज दिउँसो बोहरालाई ज¬ङ्गली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिनुभयो ।

“घरबाट बाणीतर्फ जाने क्रममा बाटोमा जङ्गली हात्तीको आक्रमणमा घटनास्थलमै मृत्यु भएको देखिन्छ” प्रहरी सहायक निरीक्षक पन्तले भन्नुभयो । केही सातायता जिल्लाका शुक्लाफाँटा, भीमदत्तनगरपालिका र बेदकोट नगरपालिकामा जङ्गली हात्तीले नोक्सान पु¥याउँदै आएको छ ।
रासस

सम्बन्धित