तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी म्यानमारमा

नेपित्, म्यानमार – गण्तन्त्र म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेबी भण्डारी राजकीय भ्रमणका लागि आज साँझ म्यानमारको राजधानी ने पि त् आईपुग्नुभएको छ ।

म्यानमारको राजधानी पुग्नुहुँदा राष्ट्रपति भण्डारीलाई म्यान्मारका अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी मन्त्री क्याउ थिन, धार्मिक सम्बन्ध तथा संस्कृति मन्त्री थुरा उ अंगको र ने पि त् नगरका प्रमुख डाक्टर म्यो अंग र म्यान्मारका लागि नेपाली राजदुत भीम उदासले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल बायूसेवा निगमको विशेष विमानबाट थाइल्याण्डको राजधानी बैंककबाट म्यानमारको राजधानी आईपुग्नु भएको हो ।

राष्ट्रपति भण्डारी र गणतन्त्र म्यानमारका राष्ट्रपतिबीच बिहिबार द्विपक्षीय भेटवार्ता हुने भएको छ । राष्ट्रपति भण्डारीको सम्मानमा म्यानमारका राष्ट्रपति उ विन मिन्टले बिहिबार राजकीय रात्री भोजको आयोजना गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारीसंग म्यानमारकी स्टेट काउन्सिलर आंग सान सूचीले बिहिबार नै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

दुबै राष्ट्रपतिको उपस्थितिमा बिहिबार दुई देशबीच पर्यटन र सांस्कृतिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button