थ्री स्टारले शेख कमल नखेल्ने
काठमाडौं । थ्री स्टार क्लबले बंगलादेशमा हुने शेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता नखेल्ने भएको छ ।
कात्तिकको पहिलो साता बंगलादेशमा आयोजना हुने प्रतियोगिता थ्री स्टारले नखेल्ने निर्णय गरेको हो ।

बंगलादेशी फुटबल संघको सहकार्यमा अबहानी लिमिटेडले प्रतियोगिता आयोजना गर्दै आएको छ । आयोजकले प्रतियोगिता खेल्न नेपालबाट दुई ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबलाई प्रस्ताव गरेको थियो ।
मनाङले आफ्ना अधिकांश खेलाडीले राष्ट्रिय टिममा रहेकाले खेल्न नसक्ने बताएको थियो ।
थ्री स्टारले समेत अन्तिम समयमा आएर प्रतियोगिता नखेल्ने निर्णय गरेको हो ।
प्रतियोगिता कात्तिक २ देखि २३ गतेसम्म बंगलादेशको चितागोङमा सुरु हुदैछ ।
प्रतिक्रिया राख्नुहोस्