तपाईँ सुन्दै हुनुहुन्छः

निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन सुरु

फाइल तस्बिर

मकवानपुर – निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन सुरु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका १ सानुटारस्थित आयोजनाले मंगलबार मध्यान्नसम्म १ लाख १२ हजार युनिट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा पठाएको छ ।

अब एक महिना परीक्षण उत्पादन गरेर मात्र व्यावसायिक उत्पादन सुरु गर्ने कुलेखानी तेस्रोका उपप्रबन्धक धीरेन्द्र चौधरीले बताउनुभयो । दुईवटा युनिटमध्ये एउटाबाट दसैं अघि र अर्कोबाट यही असोज २८ गतेबाट परीक्षण उत्पादन शुरु गरिएको उहाँले बताउनुभयो ।

हाल टरवाइन, जेनेरेटरलगायत मेसिन क्षमता परीक्षणको काम भइरहेको चौधरीले बताउनुभयो । सम्झौताअनुसार चार वर्षमा सकिनुपर्ने निर्माणकार्य ठेकेदारको ढिलासुस्तीका कारण थप सात वर्ष लम्बिएको थियो। तिहारभित्र योजना पूर्णरूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको इलेक्ट्रोमेकानिकल तर्फको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जिल्लुनका ठेकेदार नवेशेर चक्रवर्तीले बतानुभयो ।

आयोजनाका दुईवटा युनिटबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ। आयोजनाबाट वार्षिक सरदर ४० दशमलव ६५ मेगावाट विद्युुत् उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button