तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीलाई बैंककमा स्वागत

फाइल तस्बिर

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणको क्रममा अहिले बैंकक आईपुग्नु भएको छ । बैंककको सुवर्णभूमि बिमानस्थलमा उहाँलाई थाइल्यान्डका लागि नेपाली राजदुत गणेश प्रसाद ढकालले स्वागत गर्नुभयो ।

राष्ट्रपति भण्डारी अहिले स्थानीय समय अनुसार बैंककबाट एक घण्टापछि म्यानमारको राजधानी नेपित प्रस्थान गर्नुहुनेछ ।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button