तपाईँ सुन्दै हुनुहुन्छः

रहर लाग्दो मात्र हैन, डर लाग्दो भूत झरना

मेलम्ची – विज्ञानले संसारमा भूतको अस्तित्व छैन भन्छन् तर नेपाली समाजमा भने भूतको अस्तित्व हुन्छ र कतिपय मानिसहरुले देखेको पनि दावी गर्छन् । यदपी सिन्धुपाल्चोक जिल्लामा भने एउटा यस्तो छाँगा छ, जसको नामाकरण नै भूत राखिएको छ । जुन झरनाा डरलाग्दो मात्र होईन, रहर लाग्दो र मोहक पनि छ ।

सिन्धुपाल्चोक जिल्लाको सदरमूकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ मा अवस्थित यो छाँगोको सौन्दर्यको वयान गरेरै साध्यै नहुने भर्खरै छाँगा पुगेर आएका चौतारा साँगाचोकगढी ५ का सन्तोष केसी बताउँछन् । सदरमूकाम चौताराबाट करिब सात किलोमिटरको दुरीमा रहेको यो छाँगामा जानेहरुको अहिले लर्को नै लाग्ने गरेको छ ।

छाँगामा बनझाँक्री नाच्ने  गर्थ्यो 
वडा न ७ को तल्लो खानीगाँउबाट करिब ३० मिनेट पैदल हिडेपछि पुग्न सकिने भूत छाँगामा वनझाँक्रीको नाच हुने खानी गाउँकै पण्डित बाबुराम अधिकारी बताउँछन् । आफ्ना पिता र हजुरबुबाले यो ठाउँमा बनझाँक्री नाच्ने गरेको देखेको उनको कथन छ । पहेँलो कपाल ( जगल्टा ) पैताला पछाडि फर्केको, साना साना वनझाँग्री र वनझाँक्रिनी नाच्दै गरेको आफ्ना पिता नरहरी अधिकारीले प्रत्यक्ष देखेको आफूलाई बताएको उनले जानकारी दिए ।

कतिपयले ती बनझाँक्रीबाट तन्त्रमन्त्र प्राप्त गरेको पनि पण्डित अधिकारीको बिश्वास छ । अहिले पनि उक्त स्थानमा प्रत्यक भदौ महिनाको सोमबार र बिहिबार झाँक्रीद्वारा अर्चना गर्ने चलन छ । पहराको खोँच र मानव बस्तीबाट टाढा, एकान्त ठाउँमा, घना जंगलको बीचमा रहेको र डललाग्दो भएको कारण यो छाँगाको नाम भूत छाँगा रहेको हुन सक्ने इन्द्रलोचन धिताल बताउँछन् । पहिला पहिला त्यहाँबाट भूत निस्कन्छ भन्ने सुनेको धिताल बताउँछन् ।

वरिपरि हरिया पहाडी जङ्गलले घेरिएको कोप्चो ठाउँ, झण्डै ८० फिटमाथिबाट खसेको पानीको फोहोरा, अलिपर सानो बगर, नजिकको पहरामा कतै कतै मान्छे अट्ने सानासाना गुफाले जो कसैलाई पनि आनन्दित तुल्याउँछ नै । अझै यो ठाउँलाई व्यवस्थि गर्न सकियो भने आन्तरिक र बह्य पर्यटकको गन्तव्य बन्न सक्ने चौतारा साँगाचोकगढी ५ का रमेश सापकोटा बताउँछन् । हामी झरना हेर्न कता कता दौडिन्छौं सापकोटाले भने तर यही चौतारामा नै यति आकर्षक झरना ओझेल परेको छ ।
हुन पनि प्रचारप्रसार नहुँदा यो झरणा ओझलमा परेको छ । मानवबस्तीबाट टाढा रहेको यो र झारणाको सौन्दर्य रसस्वादन गर्नेहरु औंलामा गन्न सकिन्छ । पछिल्लोपटक झरनाको बारेमा सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि भने यहाँ जानेहरुको लर्को नै लाग्न थालेको हो । खासगरी दशैँको फुर्स्दिला समयमा ३ नम्बर प्रदेशका सामाजिक मन्त्री युवराज दुलाल शरदले यो झरनामा घुमघाम गरी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि धेरैको आकर्षणको केन्द्रविन्दु बनेको छ ।

छाँगा क्षेत्रलाई व्यवस्थित र थप आकर्षण बनाउन आफूले सक्दो प्रयास गर्ने मन्त्री दुलाल बताउँछन् । त्यसो त भूत छाँगालाई प्राथमिकतामा राखि बजेट बिनियोजन गर्न चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालयले ३ नम्बर प्रदेश सरकारलाई गत बैशाखमा नै अनुरोध गरेको छ ।

यस स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अहिले वडा न ७ का वडा अध्यक्ष उमाप्रसाद दुलाल पनि कम्मर कसेर लागेका छन् । दुलालले आफ्नै पहलमा करिब ३ करोड ५० लाखको डिपिआर तयार गरी ३ प्रदेश सरकार, पर्यटन मन्त्रालयमा नगरपालिकामार्फत पेस गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button