तपाईँ सुन्दै हुनुहुन्छः

राजपा सांसद साह ४ दिनको लागि न्यायिक हिरासतमा

जनकपुरधाम । जनकपुर विमान स्थलमा तोडफोडको आरोपमा पक्राउँ परेका सर्लाही क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्नका लागि धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति प्रदान गरेको छ ।

प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेपछि अदालतको ईजलास नंं ५ का न्यायाधिश तीर्थराज के सीको ईजलासले न्यायिक हिरासतमा राखेर मुद्दाको पूर्व पक्ष गर्नका लागि अनुमति दिएको श्रेस्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिनु भयो ।

प्रहरीले १० दिनसम्म मुद्दाको अनुसन्धानका लागि म्याद थप गर्नका लागि अनुमति मागको माग गरे पनि अदालतले भने ४ दिनको मात्र म्याद थप गरेर अनुसन्धान गर्नका लागि आदेश दिएको श्रेस्तेदार आचार्यले जानकारी दिनु भयो ।

सर्लाही निर्वाचन क्षेत्र १ बाट राष्ट्रिय जनता पार्टीको प्रत्यक्ष तर्फ निर्वा्चित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तथा विशिष्ट कक्षमा तोडफोड गरेपछि प्रहरीले हिजो काठमाण्डौवाट पक्राउ गरेर जनकपुरधाम ल्याएको थियो ।

प्रहरीले नेपाल नागरिक उड्डयन कार्यालय जनकपुरको माग अनुसार सांसद साह माथि गैर सैनिक हवाई उड्यन ऐन २०१५ अनुसार मुद्दा चलाएको छ ।

यसै बीच जनकपुर विमान स्थल तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा नेपालका सांसद प्रमोद कुमार साहको रिहाइको माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ । राजपा नेपालका नेता कार्यकर्ताले आज विहान जनकपुरको रामानन्दचोकमा टायर बालेर चक्काजाम गरि प्रदर्शन गरेका छन् ।

विहान ८ बजेदेखि ९ बजेसम्म १ घण्टा चक्काजाम गरी उनीह?ले सांसद साहलाई विनासर्त रिहाइको माग गरेका थिए । सांसद साह सोमबार जनकपुर विमान स्थलको वुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button