तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।मंगलबार प्रतितोला ७० हजार ७ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सयले घट्दै ७० हजार ६ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैँयामा कारोबार भैरहेको छ । मंगलबार ७० हजार ४ सय रपैँयामा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १० रुपैंयाले घटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button