तपाईँ सुन्दै हुनुहुन्छः

गोदावरी फूलको प्रर्दशनी कार्तिक पहिलो साता ललितपुरमा हुने

काठमाडौं । ‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएशन, नेपालले आगामी कार्तिक १ गतेदेखि ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सो प्रर्दशनी आयोजना गर्न लागेको हो ।

गोदावरी फूलको प्रर्दशनी कार्तिक पहिलो साता

गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको एशोसिएशनका उपाध्यक्ष एवम् प्रर्दशनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिनुभयो  ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो प्रर्दशनीमा ४९ वटा प्रर्दशनी कक्षहरु रहनेपनि एशोसिएशनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

 

प्रर्दशनीमा यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल विरुवा समेत समावेश गरिनेछ । नेपालको ४३ जिल्लामा पुष्पखेतीको विस्तार भईसकेको पनि एशोसिएशनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button