तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशीबाट असोज भित्रै विद्युत उत्पादन हुने

मेलम्ची । जुरे पहिरोमा विद्युत प्रशारण लाइनको केही टावर क्षतीग्रस्त भएपछि छ महिना विद्युत उत्पादन पुर्ण रुपमा बन्द भएको निजी क्षेत्रको लागानीमा उत्पादन भइरहेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको पुननिर्माण अन्तिम चरणमा पुगेको छ ।

भोटेकोशी जलविद्युत आयोजनाले क्षतीग्रस्त आयोजनाको पुननिर्माणको जिम्मा फास्ट ट्रयाकमा निर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोलाई दिएको थियो । आयोजनाले अहिले करिब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न स्थापितले जानकारी दिनुभयो ।

जुरे पहिरोमा विद्युत प्रशारण लाइनको केही टावर क्षतीग्रस्त भएपछि छ महिना विद्युत उत्पादन पुर्ण रुपमा बन्द भएको थियो । आयोजनाले टावर मर्मत गरेपछि विद्युत उत्पादन सुरु भएपनि २०७२ सालको भुकम्पमा आयोजनामा क्षती पुगेको थियो । भुकम्पमा क्षती भएको जलविद्युत आयोजना पुननिर्माण सुरु हुदै गर्दा भोटेकोशी बाढीले आयोजनाको धैरै क्षती भएको थियो ।

आयोजनाको अहिले हेडवक्र्सका काम सकिएको र अहिले पानी भर्ने काम भइरहेको स्थापितले जानकारी दिनुभयो । हामी अहिले हेडवक्र्सको परिक्षणमा छौ स्थापितले भने–‘पावर हाउस टेस्टीङको प्रक्रियामा छौ ।’ असोज भित्र पुननिर्माण सकेर कात्तिक पहिलो सातादेखि विद्युत उत्पादन सुरु गर्ने तयारी भइरहेको स्थापितले जानकारी दिनुभयो । सुरुमा पहिलो युनिट टेस्ट गर्ने र त्यसपछि अरु युनिट पनि चलाउने तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ ।

साढे चार वर्षदेखि विद्युत आयोजना अवरुद्ध हुदा अरबौ क्षती भएको आयोजनाले जानकारी दिएको छ । आयोजना पुननिर्माणका लागि सात अरब खर्च हुने महाप्रबन्धक स्थापितले जानकारी दिए । यो रकम नयाँ आयोजना निर्माण गर्दा लाग्ने खर्च जसितकै भयो महाप्रन्धक स्थापितले भने–‘क्षती धेरै भयो,लागत पनि बढ्यो ।’ आयोजनाको हेर्डवक्स मात्रै होइन सुरुङमा समेत क्षती पुगेको थियो , भुकम्पमा पेनस्टक पाइप पुर्ण रुपमा क्षतीग्रस्त भएको थियो भने इलेक्ट्रोनिक्सको पनि सबै सामग्री फेर्नु परेको आयोजनाले जानकारी दिएको छ । भुकम्पमा अन्य संरचना मा मात्रै क्षती भएपनि बाढीले भने ड्याम र बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाएको आयोजनाले जानकारी दिएको छ । आयोजना बन्द हुदा कति क्षीत भयो त्यो अहिले भन्न नमिले पनि भुकम्पले मात्रै ३ अरब बढी क्षती भएको आयोजनाको महाप्रबन्धक स्थापितले भने ।

आयोजानले सुरुमा ३६ मेगावाट मात्रै विद्युत उत्पादन गरेपनि सन २०११ मा विद्युत खरिद सम्झौता पछि ४५ मेगावट क्षमतामा गएको थियो । जुरे पहिरो ले भोटेकोशी बन्द भएपनि शेयर माग गर्दे स्थानीयले आन्दोलन समेत गरेका थिए । पछि त्यतीबेलाका प्रमुख तिन पार्टीकै नेतृत्वमा भोटेकोशी विरुद्ध आन्दोलन चर्कीएपछि जिल्लाबासीलाई छ प्रतिशत शेयर दिन भोटेकोशी तयार भएको थियो । शेयर दिन तयार भएपनि आयोजना पुन बन्द भएपछि त्यसको प्रक्रिया अघि बढेको छैन । आयोजना पुन सञ्चालनमा आएपछि आफुहरुसँग गरेको सम्झौता कार्यन्वयनमा दबाब दिने स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button